आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

भारतको मणिपुरमा पहिरोका कारण ३८ जना बेपत्ता, खोजी कार्य जारी

भारतको मणिपुरमा पहिरोका कारण ३८ जना बेपत्ता, खोजी कार्य जारी

 

गुवाहाटी/रासस । भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेर २४ पुगेको छ । रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो । पहिरोमा परी शनिबार सम्म २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार पहिरोका कारण अरु ३८ जना अझै पनि बेपत्ता नै रहेका छन् । ती मध्ये १२ जना प्रादेशिक सेनाका व्यक्ति रहेका छन् भने २६ जना सर्वसाधारण रहेका छन् ।

बेपत्ता भएका सबैको खोजी कार्य भइरहेको जनाइएको छ । खोजी तथा उद्धारका लागि सेना, आसाम राइफल्स, प्रादेशिक सेना, स्थानीय स्वयंसेवक, उद्धारकर्ता र सरकारी अन्य अधिकारीहरू खटिएका छन् ।

घटनास्थलबाट प्रादेशिक सेनाका १३ जना र स्थानीय बासिन्दा पाँच जनालाई उद्धार गरिएको छ ।

मृत्यु भएका मध्ये प्रादेशिक सेनाका १८ जना र स्थानीय छ जना गरी २४ जनाको शव निकालिएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये १४ जनाको शव सम्बन्धितको आफन्तलाई बुझाइसकिएको छ । अरुको पनि पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend