logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कमरेड शब्द मलाई असाध्यै मनपर्छः कमल थापा

    कमरेड शब्द मलाई असाध्यै मनपर्छः कमल थापा

    2.9K
    Shares
    कमरेड शब्द मलाई असाध्यै मनपर्छः कमल थापा

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन् ।

    उनले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गरे । उनले देशमा भइरहेको भ्रष्टाचारबिरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आवद्ध हुनपनि आग्रह गरे ।

    उनले भने, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रुपमा सम्बोधन गर्न चाहन्छु ।’

    अध्यक्ष थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend