logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारमा रहेका मन्त्रीलाई ओलीको प्रश्न: भत्ता खाउ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको हो ?

    सरकारमा रहेका मन्त्रीलाई ओलीको प्रश्न: भत्ता खाउ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको हो ?

    3.1K
    Shares
    सरकारमा रहेका मन्त्रीलाई ओलीको प्रश्न: भत्ता खाउ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको हो ?

     

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गरे ।

    उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिए । महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाईरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गरे । उनले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्नेतर्फ सचेत गराए ।

    उनले भने ‘मल पाउँदैन, तपाईहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई । दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ? अनि मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री बनाएको मन्त्री भएर भत्ता खाउ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर, विउविजन देउ समयमा भनेर, उन्नत जातको विउविजन देउ भनेर, कृषिको आधुनिकीकरण गर भनेर, कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व बढाऊ भनेर होकि ? झण्डा हल्लाउ भनेर हो ? पिर्कामा सलामी खानका लागि मन्त्री बनाएको हो ? होईन नि । किसानका लागि काम गर्नुप¥यो कृषिमन्त्रीले । जुन मन्त्री छ, त्यस सम्बन्धमा काम गर्नुपर्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend