logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्छन्: अर्थविद् नेपाल

    आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्छन्: अर्थविद् नेपाल

    2.5K
    Shares
    आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्छन्: अर्थविद् नेपाल

    काठमाडौं । अर्थविद् डा.गोविन्द नेपालले अत्याधिक मूल्यवृद्धिको कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्ने बताएका छन् । शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/८०को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

    उनले सरकारले आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरुलाई गरिबीको रेखमाथि पु¥याउने भने पनि अहिलको अर्थतन्त्र र मूल्यवृद्धिको कारण ठिक उल्टो हुने देखिएको बताए । डा.नेपालले सरकारले पछिल्ला समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने बताए ।

    उनले भने,‘ अघिल्लो ओली नेतृत्वको सरकार निश्चित गन्तव्य तर्फ गएको थियो । सरकारको भिजन प्रष्ट थियो । सुखी नेपाली समृद्ध नेपाल १५ औं परियोजनामा लेख्न थालिएको थियो । तर अहिलेको सरकारको कुनै निश्चित गन्तव्य छैन। अहिलको सरकार चुनावी सरकार भएकाले चुनावी सरकारले ल्याएका योजना कार्यान्वयन हुन्छ भन्ने छैन। अहिलेको नेतृत्वमा अहिले केही चुनौती नै आएको छ । दलहरुले जनताको विश्वास र कार्यान्वयन योजनाहरु ल्याएर जित्नुपर्छ ।तर यो सरकारले त्यस्तो गर्न सकेको छैन। सरकारले ८ लाख मानिसहरुलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ । तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्न सक्छन् । अहिले बढ्दै गएको भष्टाचार सरकारले सम्बोधन गर्न सकेन भने यसले अर्थतन्त्र डुबाउँछ ।’

    अर्थविद् नेपालले अघिल्लो ओली सरकारको जस्तो मुलुकलाई निश्चित गन्तव्यमा पु¥याउने योजना र भिजन दुबै नभएको दाबी गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend