logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • केएमसी स्कुलमा युवती मृत फेला, हत्याको आशंकामा आफन्तले शव बुझेनन्

    केएमसी स्कुलमा युवती मृत फेला, हत्याको आशंकामा आफन्तले शव बुझेनन्

    2.8K
    Shares

    काठमाडौं । बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी युवती मृत फेलापरेपछि सो क्षेत्रमा मृतकका आफन्तले आन्दोलन गरेका छन् । आफन्तले हत्याको आशङ्का गरेपछि मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन ।

    आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिइरहेका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।

    एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आफन्तले आरोप लगाएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको भनाई छ ।

    रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । स्कुल परिसरमा भेटिएका मृतकका दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।

    आफन्तहरूको सङ्ख्या बढ्दै जाँदा बुद्धनगरको अवस्था तनावपूर्ण भएको छ । मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend