सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

नेपालद्धारा ओन्टारियो ५५ रनले पराजित

नेपालद्धारा ओन्टारियो ५५ रनले पराजित

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आइतबार राति भएको टी २० खेलमा ओन्टारियोलाई ५५ रनले पराजित गरेको छ ।

लिग टु अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खलाका लागि तयारी गर्न क्यानडा पुगेको नेपालले यसअघि ५० ओभरको अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो ।

टी २० खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओन्टारियो १५४ रनमै अलआउट भयो । अब नेपालले मंगलबार र बुधबार क्यानडासँग एक दिवसीय खेल खेल्नेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend