logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनीमा ३ महिनाको संकलन दानपेटिकाको पैसा गन्न ४ दिन लाग्ने

    लुम्बिनीमा ३ महिनाको संकलन दानपेटिकाको पैसा गन्न ४ दिन लाग्ने

    4.3K
    Shares

    लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ । यहाँ जम्मा भएको रकम गन्न ४ दिन लाग्ने भएको छ ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोलिएको हो ।

    दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ । लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूले पवित्र हृदयले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दानपेटिका सबै पक्षको रोहवरमा खोलिएको कोषाध्यक्ष भट्टराईले बताए ।

    उनले आफुले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताए । उनका अनुसार आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ ।

    चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताए । विगतमा दानपेटिका पटक पटक चोरी हुने गरेको थियो । तर अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए ।

    उनले दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको बताए । राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी सांस्कृतिक नगरपालिका प्रतिनिधिहरूको उपस्थितिमा दानपेटिका खोलिएको बताए ।

    यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५÷१५ दिनमा दानपेटिका खोल्नुपर्ने भए पनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए ।

    आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोभिडपछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ । अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रूपमा दानलाई लिने गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend