काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति भएको भन्दै सरकारको विरोध गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘इनफ इज इनफ, अब त अति भयो,” उनले भने ।
उनले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गरेका छन् । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उनको भनाइ थियो ।