काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले जनता मारमा पार्ने मात्रै नभई देशको ईज्जतमाथी नै खेलवाड गर्ने काम गरेको बताए ।
अध्यक्ष ओलीले अर्थमन्त्रीले देशको मुल्य मान्यतालाई पनि तोडेर बजेट ल्याएको बताए । सिसिटिभी फुटेज माग गर्दा फुटेज माग्ने को हो ? भन्ने जस्ता अनैतिक तर्क गर्ने तर्फ उनले आपत्ति जनाए ।
‘प्रमुख प्रतिपक्ष पार्टीले संसदमा आवाज उठाछ, बाहिर आवाज अठ्याछ तर सरकार भन्छ को हो एमाले ? सभामुख महोदय, संसदमा उपस्थिती गनौ त को हो एमाले ?’ उनले भने ।
बजेट कस्तो आयो भन्दा बजेट कसरी आयो भन्ने कुरा गम्भीर रहेको बताए । बजेटमा अहिले सम्म विश्वमै यस्तो अनैतिक काम बतै नभएकोे पनि उनले बताए ।