काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लाई लाचार हुनुभएको हो ? भनी प्रश्न गरेका छन् ।
अध्यक्ष ओलीले अर्थमन्त्रीको बारेमा विवाद हुदाँ पनि केहि नबोल्नुको अर्थ सोधेका छन् ।
‘म मन्त्रीहरु तर्फ जान चाहान्न । प्रधानमन्त्री जी के लाचार हुनुभएको हो ? जे भएपनि केहि गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? कि गठबन्धन जोगाएपछि पुग्छ ? देश जहाँसुकै जाओस् ।’
मन्त्रीले छानबिन गर्न बाटो खुला गर्नुपर्ने ठाउँमा सिसिटिभी फुटेज डिलिट गर्ने काम गरेकाके भन्दै यो बिषयमा छानबिन गर्न पनि उनले माग गरे ।