logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो दिएन : प्रेम सुवाल

    ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो दिएन : प्रेम सुवाल

    2.3K
    Shares

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् ।

    सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाएपनि सरकारले अदालतमा नपठाएको बताए ।

    सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको समेत आरोप लगाए ।

    सांसद सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भन्दै त्यसलाई कुन सुरक्षा निकायबाट हेर्ने हो ? भन्दै प्रश्न गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend