logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

    हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

    2.5K
    Shares
    हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

    मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ । उक्त उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले पारित भएको हो ।

    उपमहानगरपालिकाले यही असार १२ गते नीति तथा कार्यक्रम र सो कार्यावन्यनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरु तथा नयाँ योजनाहरु पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ ।

    हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताउनुभयो । यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरुलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend