logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेप्से परिसूचक ९.७५ अंकले गिरावट

    नेप्से परिसूचक ९.७५ अंकले गिरावट

    2.3K
    Shares
    नेप्से परिसूचक ९.७५ अंकले गिरावट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबारमा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक ९.७५ अंक घटेर २०७६.६७ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६८ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ ।

    सोमवार कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आईतवार २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको थियो ।

    सोमवार नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक सर्वाधकि ५.१० प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचकको १ प्रतिशतभन्दा कमले बढेका छन् । यता, विकास बैंक, होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

    नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त वित्तीय संस्था र ङादी ग्रुपको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । यता, युनियन हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा साढे १७ करोडको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिब १७ करोडको शेयर किनबेच भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend