logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सत्ताधारी काँग्रेस भन्द्रगोल बन्दै, पार्टीभित्रै हुन थाल्यो देउवाको आलोचना

    सत्ताधारी काँग्रेस भन्द्रगोल बन्दै, पार्टीभित्रै हुन थाल्यो देउवाको आलोचना

    2.2K
    Shares
    सत्ताधारी काँग्रेस भन्द्रगोल बन्दै, पार्टीभित्रै हुन थाल्यो देउवाको आलोचना

    काठमाडौं । देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो ।

    १४औँ महाधिवेशनबाट निर्वाचित बनेका सभापति शेरबहादुर देउवाले पार्टी विधानमा उल्लेख भएअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सो समय नाघ्दासमेत त्यतातर्फ ध्यान दिएका छैनन् । सभापतिले विधान मिचेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ । विभाग खाली भएकाले कैयौँ नेताले पार्टीभित्र ‘बिजनेस’ पाउन सकेका छैनन् ।

    काँग्रेस विधानको धारा ६० मा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग(समितिविभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ,’ भन्ने उल्लेख छ । काँग्रेस विधानको धारा ३७ मा २८ विभाग रहने उल्लेख छ । केन्द्रमा रहने ती विभागमा केन्द्रीय कार्यसमितिका सदस्य प्रमुख रहने वैधानिक व्यवस्था छ । आजको राजधानी दैनिकमा समाचार छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend