काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने बताए ।
भ्रातृ संस्थाको विधान वाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने छन् ।
काँग्रेसले असार २७ मा स्थानीय निर्वाचनका समीक्षा,संघ र प्रदेश निर्वाचनको रणनीति र पार्टीको आन्तरिक संरचना निर्माणका छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।