logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बाबुराम भट्टराईले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक

    बाबुराम भट्टराईले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक

    2.6K
    Shares
    बाबुराम भट्टराईले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आह्वान गरेका छन् ।

    अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन् ।‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रिय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने ।

    उनका अनुसार केन्द्रिय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

    आन्तरिक कलहमा होमिईरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप बिबादमा भईरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend