logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • थप दुई बालकमा हैजाको संक्रमण

    थप दुई बालकमा हैजाको संक्रमण

    1.5K
    Shares

    काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजाको संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।

    योसँगै उपत्यकामा हैजाका संक्रमितको सङख्या १९ पुगेको छ । डा. दासका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजाको संक्रमण भेटिएको हो । उनका अनुसार ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

    हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।

    यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।झापापखाला लागेमा झोलिलो खानेकुरा खान पनि मन्त्रालयले आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend