
काठमाडौं । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ यात्रु घाइते भएका छन्। गम्भीर घाइते तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको रामेछाप प्रहरी कार्यालयले जनाएको छ।
सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए। दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको उनले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend