logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • छुट्टाछुट्टै ठाँउमा डुबेर दुई जनाको मृत्यु

    छुट्टाछुट्टै ठाँउमा डुबेर दुई जनाको मृत्यु

    2.9K
    Shares
    छुट्टाछुट्टै ठाँउमा डुबेर दुई जनाको मृत्यु

     

    काठमाडौं । सिरहा र पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी रायको छोरा ७ वर्षीय करण कुमार रायको सोमबार डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित सहजा खोलामा नुहाउने क्रममा उनी डुबर बेपत्ता भएका थिए । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो ।

    पाल्पाको गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा डुबेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवा बस्ने पूर्ण बहादुर कुमालको छोरा ३ वर्षीय मनिस बहादुर कुमालको सोमबार मृत्यु भएको छ ।

    डुबेर अचेत अवस्थामा भेटिएका उनको रैनादेवी गाउँपालिका–३ छचुवाबाट उद्दार गरी स्थानीय मेडिकल हुँदै थप उपचारको सोही गाउँपालिका–४ स्थित छहरा बजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend