logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता हो: मन्त्री श्रेष्ठ

    पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता हो: मन्त्री श्रेष्ठ

    1.8K
    Shares
    पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता हो: मन्त्री श्रेष्ठ

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताए ।

    पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्नसमेत आग्रह गरे ।

    पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रवद्र्धन गर्ने हिसाबले बोर्ड नयाँ बजेट तर्जुमामा लागिरहको जानकारी दिए । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न काम गरिरहेको जानकारी दिँदै बोर्ड मन्त्रीबाट प्राप्त रचनात्मक निर्देशन र सुझावअनुरुप काम गर्न सधैँ तयार रहेको बताए । सो अवसरमा कार्यकारी प्रमुख डा रेग्मीले पर्यटन बोर्डका गतिविधिका बारेमा समेत जानकारी दिए ।

    नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रवद्र्धन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि बोर्डका कर्मचारी सधैँ तत्पर रहको बताए । सोही अवसरमा फोटो पत्रकार भरतबन्धु थापाले लेखन तथा सङ्कलन गरेको ‘वेस्र्टन नेपाल’ नामक पुस्तकको विमोचनसमेत गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend