काठमाडौं । बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।
एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् । ‘हामी संसद भवन परिसरमै छौ, आन्तरिक छलफल र परामर्श भइरहेको छ’, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘उठेका प्रश्नका विषयमा कसरी समाधान गर्ने भन्नेमा हामी प्रयासरत छौ ।’
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफुहरु अर्थमन्त्रीको राजीनामाको पक्षमा रहेको भन्दै राजीनामा दिए संसद बैठक सहजै चल्ने बताए ।