काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार पनि नबस्ने भएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो ।