काठमाडौं । बकर इदको अवसरमा सरकारले असार २६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदा दिने निर्णय गरेको हो ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा विदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
‘आइतबार अर्थात २६ गते मुस्लिम आयोगबाट समेत विदा दिन पर्ने भनी अनुरोध भएकाले देशभर सार्वजनिक विदा दिने निर्णय भएको हो,’ प्रवक्ता पोखरेलले भने ।