logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषद्मा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ

    पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषद्मा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ

    3.1K
    Shares
    पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषद्मा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रश्ताव मन्त्रीपरिषद्मा लैजाने बताएका छन् । बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताएका हुन् ।

    पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रश्ताव प्रक्रिया तत्काल थाल्ने बताए । मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गरे ।

    उनले भने,‘पोखरा पर्यटकको लागि एउटा गन्तव्यस्थल हो । धेरै पर्यटक जाने ठाउँ पनि हो । त्यो हिसावले पर्यटन क्षेत्र र शहरलाई व्यवस्थित गरी पर्यटक हिसावले आकर्षण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यताका हिसाबले यो बसपार्क निर्माण गर्ने काम भएको हो । औपचारिक रुपमा महानगरलाई हस्तान्तरण गरेका छौं । भोलिका दिनमा सबै व्यवस्थापनको काम महानगरले गर्नेछ । पोखरा महानगरलाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गर्नुभएको छ । त्यो घोषणाको लागि सरकारलाई माग गर्दै पत्र दिनुभएको छ । यो निकै महत्वपूर्ण विषय हो । नेपालको लागि नयाँ खालको विषय हो । यसलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ । यो प्रक्रियालाई अगाडि बढाउँछौं । मन्त्रीपरिषद्मा निर्णयको लागि प्रश्ताव लानेछौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend