सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पोखरालाई पर्यटकको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउँछौं: मेयर आचार्य

पोखरालाई पर्यटकको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउँछौं: मेयर आचार्य

काठमाडौं । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउने बताए । बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मेयर आचार्यले यस्तो बताएका हुन् ।

उनले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताए । मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिव ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताए ।

उनले भने,‘पोखरामा लेकसाइडको नजिकै १८ रोपनी क्षेत्रफलमा पर्यटनहरु लिएर आउने बसहरुलाई पार्किङ गर्न पर्यटन बसपार्क बनाएका छौं । पार्किङ स्थान हिलो,धुलो रहेको थियो । त्यसलाई पर्यटन विभागले करिव ८ करोडको बजेटमा बसपार्क निर्माण सम्पन्न गरेर शौचालय,पसल स्टलहरु सहितको आधुनिक पर्यटन बसपार्क निर्माण भएको छ । त्यो आयोजना पर्यटन विभागमार्फत पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । त्यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउँछौं । पोखराको समग्र पर्यटन विकासका लागि यो ठूलो सहयागी बन्नेछ ।’

मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पु¥याउने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend