काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको सिसिटिभी फुटेजको क्षमता कति छ मन्त्रालयलाई कसरी थाहा हुन्छ भनेर प्रश्न गरेका छन् ।
मन्त्रालयको सिसिटिभी फेटेजको क्षमता कति छ मन्त्रीले नभई प्राविधिकले हेर्ने उनले भनेका छन् । उनले आफुले कुनै अपराध नगरेको र बजेट निर्माणमा कोही पनि बाहिरी व्याक्ति सामेल नरहेको बताएका छन् ।
बजेट भाषणको अघिल्लो दिन राती ११ बजेतिर सिंहदरबारबाट पुल्चोक निवासमा गएको र १५ गते बिहान ६ बजे सिंहदरबार आएको उल्लेख गरेका छन् ।
उनले संसदमा सम्बोधन गर्दै सत्यतथ्य पत्ता लगाउन बाटो खुला गरेको भन्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।