काठमाडौं । लोसपाका सांसद लक्ष्मणलाल कर्णले संसदले गठन गरेको छानबिन समितिले छिटै काम सुरु गर्ने बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै छानबिन समितिका सदस्य समेत रहेका कर्णले संसदीय छानबिन विशेष समितिको संयोजक तोकेर छिटै काम सुरु गर्ने र तोकिएको समयभित्रै प्रतिवेदन दिने बताएका हुन्।
कर्णले संसदीय परम्परामा सबैभन्दा ठुलो समिति नै संसदीय समिति हुने भएकाले समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने तर्क गरे।