logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • रेणुकाको उपचारमा कुनै कमी हुन नदिने खेलकुदमन्त्रीको आश्वासन

    रेणुकाको उपचारमा कुनै कमी हुन नदिने खेलकुदमन्त्रीको आश्वासन

    2.4K
    Shares

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीलाई भेटेर उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।

    आसन्न साफ महिला च्याम्पियनसिप र एसियाली खेलकुदका लागि प्रशिक्षणको क्रममा सोमबार रेणुकाको क्यारिकल बोन ब्यूटी बोन भाँच्चिएको थियो । मंगलबार साँझ ललितपुरको बीएण्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

    बिहीबार बिहान अस्पतालमै पुगेर कप्तान रेणुकालाई भेट्दै खेलकुदमन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

    एसियाली खेलकुद तयारीका क्रममा राष्ट्रिय खेलकुद परिषद राखेपले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा दुर्घटना भएकाले उपचार खर्च राखेपले नै व्यहोर्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend