बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

माओवादीले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गरि कारबाही गर्ने

माओवादीले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गरि कारबाही गर्ने

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनका बेला पार्टीमा अन्तरघात गर्नेलाई कारबाही गर्ने बताएका छन् । बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी पार्टीको केन्द्रीय समितिको बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

अन्तरघातकै कारण पार्टीमा बिचलन आएको अध्यक्ष दाहालले बताए । पार्टीमा विचलन छ भन्ने कुराको प्रमाणको रूपमा अन्तरघात देखिएको छ । उम्मेदवार दोहोर्‍याउनु गल्ती भयो । एउटा पक्षले अर्को पक्षलाई हराउन खोजियो, उनले भने, मधेसको सिरहा र महोत्तमरीमा सबैभन्दा चर्को देखियो । अन्यत्र पनि छ ।

पार्टीभित्रको अन्तरघातलाई छानबिन गर्नैपर्ने उनले बताए । उनले भने, छिटोभन्दा छिटो, दोषी प्रमाणित भएकालाई कारबाही गर्नैपर्छ । आलोचना, चेतावनी, निलम्बन, निष्कासन गर्नेपर्ने छ । अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने हो ।

अध्यक्ष दाहालले १५ दिनभित्र अनुसन्धान गरी रिपोर्ट बुझाउन कमिटी गठन गर्न उनले निर्देशन दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend