logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • राज्य व्यवस्था समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित

    राज्य व्यवस्था समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित

    2.9K
    Shares
    राज्य व्यवस्था समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित

     

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको छ । बिहीवार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको हो ।

    नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो । त्यसमा दफा २ नेपाल प्रहरीले अनुसन्धान गर्ने विषयमा अध्यागमन सम्बन्धी कसुर रहेको थियो । अध्यागमनको कार्य नेपाल प्रहरीबाट नै हुनुपर्ने गरी विधेयक पास गरिएको समितिकी सचिव बविता मिश्रले बताइन् । उनले काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धान समेत नेपाल प्रहरीले गर्ने गरी विधेयक समितिबाट पास गरिएको बताइन् । समिति सचिव मिश्रले नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरु रहने बताइन् ।

    उनले भनिन्, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो । त्यसमध्येमा पनि दफा २ नेपाल प्रहरीले अनुसन्धान गर्ने विषयमा अध्यागमन सम्बन्धी कसुर थियो । त्यो अध्यागमन सम्बन्धि कसुरलाई हटाउने विषयलाई राख्ने नै भन्ने विषय आयो । त्यो सन्दर्भमा यो विधेयकको दफा २ हटाउने विषय आएको छ । जसमा अध्यागमन सम्बन्धी कसुर नेपाल प्रहरीले नै गर्ने भन्ने विषय रहेको छ । अर्को दफा ४ मा १० क थप गर्ने भन्ने भन्ने प्रश्ताव ल्याइएको छ दुईवटा । जसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धान समेत नेपाल प्रहरीले गर्नेछ भन्ने एउटा र अर्को नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरु रहनेछन्, भन्ने सन्दर्भमा यसमा यो दफा बमोजिमको कार्य सम्पादन गर्न प्रदेश प्रहरीसँग समन्वय गरिनेछ भन्ने संशोधन राखेर यसलाई पनि समितिबाट पास गरिएको छ ।’

    समिति सचिव मिश्रले नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरुको बारेमा कार्य सम्पादन गर्न प्रदेश प्रहरीसँग समन्वय गरिने उल्लेख गरिएको पनि बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend