
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्युरो सदस्यको सूची केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेपछि विवाद भएको छ । कर्णालीलगायतका क्षेत्रबाट पोलिटब्युरोमा कसरी चयन गरिएको हो भन्ने प्रश्न उठेपछि अध्यक्ष दाहालले बैठक १ घण्टाका लागि स्थगित गरेका हुन् ।
दाहालले केन्द्रीय समितिको एक तिहाई अर्थात् १२५ जनाको पोलिटब्युरो हुने र त्यसमा रहने सदस्यहरूको सूची प्रस्ताव गरेका थिए । उनले ती नाम पारित गर्नका लागि आग्रह गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend