logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

    जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

    3.2K
    Shares
    जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

    जनकपुरधाम । सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनुषाको जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको बताए ।

    जनकपुरधाममा रहेका पोखरी तथा मठ, मन्दिरको जीर्णोद्धार लगायतका काम भइरहेको जानकारी दिदै मन्त्री चौधरीले मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामको सडक पूर्वाधार स्तरोन्नतिको कामलाई समेत प्राथमिकतामा राखेको उल्लेख गरे । जनकपुरधामको मुख्य चुनौतीका रुपमा देखिएको फोहरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहरमैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले जनकपुरधामलाई धार्मिक पर्यटकीय करिडोरका रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिदै त्यसका लागि तीनै तहको सरकारसँग समन्वय गरी अघि बढ्ने बताए । जनकपुरधामको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माणको वर्षांैदेखि चर्चा चल्दै आए पनि जग्गा व्यवस्थापन हुन नसक्दा सो कार्य हुन नसकेको बताउनुहुँदै उहाँले ल्याण्डफिलसाइट निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गर्न उपमहानगरपालिकासँग आग्रह गरे ।

    जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बसपार्क निर्माण भएपछि नगरपालिकाको ट्राफिक व्यवस्थापनसँगै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाले यसमा नगरपालिकाले सहयोग गर्न तयार रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend