logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • किताबमै नभएको विषयमा प्रश्न आएपछि बीबीए छैटौँ सेमेस्टरको परीक्षा रद्द

    किताबमै नभएको विषयमा प्रश्न आएपछि बीबीए छैटौँ सेमेस्टरको परीक्षा रद्द

    2.1K
    Shares

    काठमाडौं । विद्यार्थीको आन्दोलनपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए छैटौँ सेमेस्टरको नेपाली राजनीतिक र समाज विषयको परीक्षा पनि रद्द भएको छ ।

    अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा रद्द गरिएको हो । शनिबार भएको उक्त विषयको परीक्षामा पाँचौँ सेमेस्टरको समाजशास्त्र विषयका प्रश्नहरू आएको भन्दै बागबजारस्थित पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूले नाराबाजीसहित आन्दोलन गरेका थिए ।

    त्रिभुवन विश्वविद्यालयको लापरबाहीविरुद्ध विद्यार्थीहरू आन्दोलित भएपछि आजको विषयको पनि परीक्षा रद्द गरिएको हो ।

    यस पटकको परीक्षामा २२ गते भएको संस्थागत व्यवहार विषयको प्रश्न पत्रमा पनि कमजोरी भेटिएको विद्यार्थीहरूले जनाएका छन् ।

    जसमा एउटा कलेजको प्रि–बोर्डको प्रश्न परेपछि विद्यार्थीले दिएको परीक्षा स्थगित गरी साउन १ गते फेरी लिने भनिएको छ । तर सूचनामा भने कुनै कारण नखुलाइएको विद्यार्थीले बताएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend