logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • किन पुगे जनार्दन शर्मा झलनाथ खनाललाई भेट्न डल्लु ?

    किन पुगे जनार्दन शर्मा झलनाथ खनाललाई भेट्न डल्लु ?

    6.4K
    Shares

    काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् । वर्तमान सत्तारुढ गठबन्धनको विकल्पमा वाम गठबन्धन बनाउनुपर्ने चर्चा बढिरहेका बेला जनार्दन र खनालबीच महत्वपूर्ण भेट हुन लागेको हो ।

    झलनाथ खनालले वामपन्थी गठबन्धन हुनुपर्ने बताउँदै आएका छन् भने जनार्दन २०७४ मा यस्तो गठबन्धन बनाउन सक्रिय रहेका माओवादी केन्द्रका नेता हुन् । त्यतिबेला महत्वपूर्ण भूमिका खेलेका जनार्दनको यो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    उत्तरी छिमेकी चीनका उच्च अधिकारीको काठमाडौं भ्रमणको पूर्व सन्ध्यामा यो भेट भएको छ । नेपालमा वामपन्थी गठबन्धन बलियो भएको हेर्न चाहने चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइतबार काठमाडौं ओर्लिदैछन् । सो जिम्मेवारीमा आएपछि उनको विदेश भ्रमण नेपालबाट सुरु हुँदैछ ।

    उनको भ्रमणले चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । उनले यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend