
एजेन्सी । दक्षिण अफ्रिकाको जोहन्सवर्गमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। सवेटो शहरमा केही बन्दुकधारीले स्थानीय समय अनुसार मध्यराति १२ः ३० बजे बारमा घुसेर गोली चलाएको प्रहरीले जनाएको छ।
गोली चलाउने समूहलाई प्रहरीले खोजिरहेको छ। उनीहरु गोली काण्डपछि मिनि बसमा बसेर भागेका थिए।
यस्तै, उत्तरपूर्वी अफ्रिकाको पिटरमारटिजबर्गमा पनि एक बारमा गोली चलेको प्रहरीले जनाएको छ। स्थानीय समय अनुसार बिहान ८ः३० बजे भएको सो घटनामा चारजान मारिएका छन्। ८ जना घाइते भएका छन्।
दक्षिण अफ्रिकामा गोली काण्ड पहिला पनि हुने गर्थ्यो। ती घटनामा धेरैजसो लागूऔषध सेवा गर्ने र विभिन्न ग्यांगको संलग्न हुने गरेको अनुसन्धानमा खुलेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend