शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पतालको भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नं.–६ का १७ वर्षीया विजय विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

अस्पतालको भवन निर्माणको काम गर्दैगर्दा करेन्ट लागेको उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुजर कार्कीले बताए । विजयको मृत्युसँगै आइतबार आफन्तहरुले मेहलकुना बजारमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै प्रदर्शन गरिरहेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend