logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • साउनको पहिलो हफ्ता निर्वाचनको मिति तय हुन्छ : गगन थापा

    साउनको पहिलो हफ्ता निर्वाचनको मिति तय हुन्छ : गगन थापा

    3.5K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो हफ्ता निर्वाचनको मिति घोषणा हुने बताएका छन् । संघ र प्रदेशको निर्वाचनको मिति साउन ४\५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले जानकारी दिए ।

    ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन उनले कार्यकर्तालाई निर्देशन समेत दिए ।

    पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले बताए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकार पनि गरे । केन्द्रीय समितिको बैठकमा जमेर छलफल गर्ने उनले बताए ।

    विगतको परम्परालाई हटाउने कार्यमा सुधारका कार्य सुरु गरेको उनको भनाई छ । महाधिवेशन आउने बेलामा मात्रै क्रियाशील सदस्यता बाँडेर नहुने भन्दै महामन्त्री थापाले क्रियाशील सदस्यता वितरण अबदेखि नै सुरु गर्न लागेको समेत जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend