बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन माग

संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन माग

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयक संविधानको अक्षर र भावना बिपरीत भएकाले फिर्ता लिनुपर्ने भट्टराईले माग गरेका हुन् ।

‘सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरुले राष्ट्रिय सहमतिको रुपमा जारी गरेको नेपालको संविधानको अक्षर र भावना बिपरीत सरकारले हालै राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु’, भट्टराईले लेखेका छन्, ‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होइन, बरु संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्न हुँदैन ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend