काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । कोइराला पक्षका काँग्रेस कार्यकर्ताले नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् ।
पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘हामी केही जान्दैनौ, एकाधिकार मान्दैनौ’ भन्ने नाराबाजी गरेका छन् ।