मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

यौनहिंसाका अपराधीलाई जोगाउने ढंगले कानुनको ब्याख्या भयो: प्रेम सुवाल

यौनहिंसाका अपराधीलाई जोगाउने ढंगले कानुनको ब्याख्या भयो: प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यौनहिंसाका अपराधीलाई जोगाउने ढंगले कानुनको ब्याख्या हुने गरेको टिप्पणी गरेका छन् । सांसद सुवालले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकिएको दृष्टान्त पेश गर्दै यौन हिंसाका अपराधीलाई जोगाउने गरी कानुनको व्याख्या हुने गरेको बताएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथिको छलफलमा भाग लिँदै उनले विद्यमान कानुनमा पनि यौन हिंसाका घटनामा संलग्नहरुलाई कारबाही गर्ने व्यवस्था भएपनि त्यसलाई कार्यान्वयन गर्न सरकारको नसकेको पटकपटक दोहो¥याए । सांसद सुवालले यौन हिंसा हुन नदिनका लागि नागरिकलाई शिक्षित बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।

उनले भने, ‘निर्मला पन्तको बलात्कार पछिको हत्यारा खै ? कानुन त थियो । केही गर्न मिल्छ तर दोषी पत्ता लागेन । र, हाम्रो कानुनको व्याख्या गर्दा अपराधीलाई जोगाउने किसिमले भयो कि ? भन्ने प्रश्न उठेको छ । कानुन त छ–यो यौन हिंसाविरुद्धको । कार्यान्वयन भईरहेको छैन । यौन हिंसा आर्थिक, सामाजिक रुपले दूर्वलहरुविरुद्ध भएको हामी धेरै पाउँछौं । यसको अर्थ सांस्कृतिक र नागरिक समस्या नै देखियो । नागरिक भावनाको समस्या, मानसिक समस्या पनि देखियो यो यौन हिंसा र, यसलाई रोक्नका निमित्त हामीले अर्को पाटो पनि हेर्नु पर्छ । शिक्षालाई हामीले निःशुल्क ढंगले बन्दोबस्त गरिदियौ भने मानिस मानसिक रुपमाले सन्तुलित हुन्छ । र, यस्तो खराव यौनजन्य हिंसामा लाग्ने छैनन् । हामी यहाँ कानुन बनाउँदा खेरी हुन्छ भनेर कानुन बनाउछौं ।’

सांसद सुवालले यौनहिंसा हुन नदिन नागरिकलाई आर्थिक रुपले पनि सवल बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend