काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार कस्ले चलाएको छ भनी प्रश्न गरेका छन् । सोमबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले नचलाएको आरोप लगाएका हुन् ।
उनले प्रश्न गर्दै भने, ‘सरकार कसले चलाउँछ ? सरले कि मेडमले ? दिदीले चलाउनुहुन्छ कि भाइले ? भिनाजुले कि सालोले ? कसले चलाउनुहुन्छ ?’
उनको यो प्रश्न प्रधानमन्त्री पत्नी आरजु राणाप्रति लक्षित थियो ।