काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको यो सरकार निष्प्राण भइसकेकोले अब यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गरेका छन् । सोमबार सम्पादकहरुसँगको अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले गठबन्धन समेत मृत भइसकेको उल्लेख गरे । यही सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार निष्प्राण भइसक्यो अब जति रह्यो त्यति समाजमा हैजा फैलाउँछ उनले भने, यो गठबन्धन मृत भइसक्यो । यस्तो गठबन्धन बोकेर हिँडेर काम लाग्दैन । अब सतीदेवीको जस्तो अंग झर्दै जान्छ । अस्ती एउटा अंग झर्यो । यसको अंग झरेको ठाँउमा कुनै पीठ बन्दैन । त्यसैले यो परमादेशी सरकारको कुनै अर्थ छैन ।