logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छ: डा.शेखर कोईराला

    सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छ: डा.शेखर कोईराला

    3.4K
    Shares
    सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छ: डा.शेखर कोईराला

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समितिको बैठकका लागि केन्द्रिय कार्यालय सानेपा पुग्नुभएका नेता कोईरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।

    उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर बिरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताए । त्यस्तै उनले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताए । सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उनले बताए ।

    उनले भने– ‘नेपाली काँग्रेसले धेरै पहिले मलाई सम्झना छ, २०७८ सालमै ओलीजीको पालामा नै यो गलत प्रक्रिया हो । यसरी गर्नु हुँदैन भनेर भनेको । त्यो विधेयक लग्नै हुँदैन । त्यो त त्यसै फिर्ता गर्नुप¥यो । नागरिकतासम्बधी विधेयकमा हामीले राजनीति गर्नु हुँदैन । यसमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ । नागरिकतामा पनि हामी राजनीति गर्छौं । आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन् । तर उनका छोराछोरी नहुनु भएको यो त एकदम दुर्भाग्य हो । यसलाई छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी छ ।’

    डा. कोईरालाले नागरिकतासम्बन्धी विधेयकको छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend