काठमाडौं । राष्ट्रिय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले राज्यले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता वितरणमा सोच्नुपर्ने अवस्था आउनसक्ने चेतावनी
दिएका छन् ।
सोमवार विश्व जनसंख्या दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले यस्तो बताएका हुन् । उनले पछिल्लो तथ्यांक अनुसार वृद्ध जनसंख्याको मात्रा बढ्दै गएकोले राज्यले घोषणा गरेको सामाजिक सुरक्षा भत्ता वितरणमा सोच्नुपर्ने आवश्यक रहेको सुनाए ।
निर्देशक लामिछानेले बसाईंसराई एकदमै उच्च रहेकोले यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले सरकार जनसंख्या घटाउने भन्दापनि जनसंख्या भित्रको बसाईंसराईलाई रोक्ने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिनुपर्ने बताए ।