शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीले १६ वर्षीय किशोरी करणी गरेको अभियोगमा चाँगुनारायण नपा–९, ताथलीका २७ वर्षीय टीकाराज कटुवाललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार किशोरीलाई कटुवालले सूर्यविनायक नपा–१० चित्तापोलस्थित पिसफुल रिसोर्टमा लगी करणी गरेका थिए ।

जगातीबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित किशोरीले जगाती प्रहरीमा जाहेरी दिएकी थिइन् । उनको स्वास्थ परीक्षण भइसकेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend