logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नागरिकता विधेयकमा तीन सांसदले गरे विरोधको सुचना दर्ता

    नागरिकता विधेयकमा तीन सांसदले गरे विरोधको सुचना दर्ता

    4.8K
    Shares

    काठमाडौं । नागरिकता विधेयक सम्बन्धमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी नेमकिपा का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् ।

    एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको तर्क गरेका छन् ।

    अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको लगायतका विषय उठाएर विरोधको सूचना दर्ता गरेका हुन् ।

    नेमकिपाका सांसद सुवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर विरोधको सूचना दर्ता गरेको छ । सरकारले ल्याएको विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल गर्नुअघि सांसदहरुले विरोधको सूचना दर्ता गर्न सक्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend