logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • छात्रा दुर्व्यवहार प्रकरण : शिक्षकले स्वीकार्दैनन् आरोप

    छात्रा दुर्व्यवहार प्रकरण : शिक्षकले स्वीकार्दैनन् आरोप

    5.3K
    Shares

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकले आरोप अस्वीकार गरेका छन् ।

    छात्राले स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा आफूलाई विज्ञान शिक्षक केशव ढुंगानाले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । तर, आरोपित शिक्षकले दुर्व्यवहार नभएको जिकिर गरेका हुन् ।

    छात्रालाई दुर्व्यवहार गरेको अस्वीकार गर्दै ढुंगानाले ‘मानवीय नाताले डेरामा छाड्न गएको थिएँ, त्यहाँ दुई मिनेट बसेर फर्केको हुँ ।’ उनले भने ।

    छात्रालाई उचालेर चुम्बन गरेको आरोप ‘अनर्गल’ भएको उनको दाबी छ । असार २७ मा भएको भनिएको सो घटनाबारे अगुवा विद्यार्थीहरुले भने प्रिन्सिपल ताराप्रसाद पराजुलीलाई जानकारी गराएका छन् ।

    दुर्व्यवहार गरेपछि आफूले शिक्षकलाई थप्पड हानेको र सो कलेजमा पढ्दिन भनेर पीडित छात्राले एकजना अगुवा विद्यार्थीलाई भनेकी थिईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend