logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण

    दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण

    2.7K
    Shares
    दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगिका कारण जनता आक्रान्त भएको बताए ।

    उनले दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गरे । सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताए ।

    उनले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताए । उनले आयातलाई कम गर्दै लानुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend