logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसईईको नतिजा साउनको पहिलो साता

    एसईईको नतिजा साउनको पहिलो साता

    6.3K
    Shares

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो साता सार्वजनिक गर्ने भएको छ । असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले काम नसकिएकाले ७\८ दिनपछि नतिजा सार्वजनिक गर्ने भएको हो ।

    ‘उत्तरपुस्तिका परीक्षणको काम सकियो । कम्प्युटरमा इन्ट्री र त्रुटि सच्याउने काम भइरहेको छ, एसईई उपनियन्त्रक भक्तबहादुर गोदारले भने, नतिजा सार्वजनिकको मिति तय भएको छैन । तर, ७\८ दिनपछि मात्र हुन्छ ।

    असार मसान्तमा सार्वजनिक गर्ने भनिए पनि स्थानीय चुनावका कारण ढिला भएको उनले बताए । चुनावको कारण १० दिन काम राम्रोसँग हुन पाएन त्यसैले ढिला भएको हो ।’ उनले भने ।

    गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend