logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्ध भएर लागेका छौः मन्त्री श्रेष्ठ

    मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्ध भएर लागेका छौः मन्त्री श्रेष्ठ

    3.3K
    Shares
    मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्ध भएर लागेका छौः मन्त्री श्रेष्ठ

    काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएकी छन् । मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका लागि आज भएको सरोकारवाला मन्त्रालय र निकायहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अगाडी बढ्ने तयारी भइरहेको बताइन् ।

    मन्त्री श्रेष्ठले मन्त्रालयले विषयगत समितिको बैठकमा समेत मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल शुरु गरिसकेको भन्दै केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडी बढाइएको बताइन् ।
    हलीया र कमैया कमलरी मुक्त भइसकेको र कमैया श्रम (निशेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरवा चरवाको समस्या समाधान गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन् ।

    उनले आगामी वर्षको नीति तथा कार्यक्रम र वजेटमा समेत यस विषयलाई प्राथमिकतामा राखिएको बताइन् । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय, मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend